काठमाडौँ। सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

Advertisement

बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएका स्थानमा कर्मचारी पठाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बताउनु भयो ।
गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषजस्ता गरिबसँग सम्बन्धित सबै कार्यक्रमलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले वन्यजन्तुको आक्रमणबाट मारिएका नागरिकका परिवारलाई क्षतिपूर्तिस्वरुप पहिले रु पाँच लाख दिने गरिएकामा अबदेखि रु १० लाख दिने निर्णय गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!