एमालेले मोरङका ४ क्षेत्रमा उम्मेदवारको टुङ्गो लगायो, दुई क्षेत्रको बाँकी
विराटनगर । नेकपा एमालेले मोरङका ६ क्षेत्रमध्ये ४ क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । शनिबार राती सम्पन्न एमाले केन्द्रिय सचिवालय बैठकले मोरङसहित देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको हो ।
मोरङ क्षेत्र नम्बर १ बाट एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको नाम टुङ्गो लागेको छ । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका थिए । २०७४ क...





























