सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद छ : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले संसद्भित्र विभेद रहेको बताएका छन् । आज नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै साम्पाङले सत्ता पक्ष र साना दलबीच संसद्मा विभेद रहेको दाबी गरेका हुन् ।
‘हामी विभेदको अन्त्य गर्छौं भनिरहेका छौँ । यहीँभित्र संसद्मा विभेद छ,’ साम्पाङले भने, ‘सत्तापक्षले ३० मिनेट, ४० मिनेट बोल्दा पनि हुने, साना दलले ३ मिनेट, चार मिनेटमा सक्नुपर्ने ...




























