
विराटनगर । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएर चौतर्फी आलोचना बढेपछि गृहमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
छानविनका लागि सहज बनाउन आफूले नैतिकताका आधारमा राजीनामा दिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।
‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस्, पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’ उनले लेखेका छन् ।

संगालोखबर 























