संगालोखबर


विराटनगर । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक खड्कालाई स्पष्टिकरण सोधेको छ । पार्टी हितविपरीत कार्य गरेको र निर्वाचनमा अन्तर्घात गरेको गम्भीर आरोप लगाउँदै समितिले ५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमार्फत खड्कामाथि गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

Advertisement

खड्कामाथि फागुन १२ गते संखुवासभाको धर्मदेवी नगरपालिका स्थित मुडे बजारमा आयोजित घरदैलो कार्यक्रममा उपस्थित भई पार्टीको नीति र अनुशासन विपरित अभिव्यक्ति दिएको उजुरी परेको पत्रमा उल्लेख छ ।

उनले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई सार्वजनिक रूपमा स्वीकार नगरेको र ‘नेपाली काँग्रेसले चुनाव जित्दैन, आफ्नो इच्छा अनुसार गर्नु’ भनी मतदाता तथा कार्यकर्तामाझ निराशाजनक अभिव्यक्ति दिएको आरोप पत्रमा छ ।

यसका साथै आफ्ना नजिकका साथीहरूलाई चुनावी कार्यक्रममा उपस्थित नहुन फोनमार्फत दबाब दिएको र बाहिरी देखावटी रूपमा रूख चिन्हमा मत मागे पनि आन्तरिक रूपमा सूर्य, घण्टी र माटो चिन्हमा मतदान गराउन भूमिका खेलेको पत्रमा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!