
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले तुरुन्त राजिनामा दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रधानमन्त्री शाहले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् ।
‘बालेनले तुरुन्त राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । न्यूनतम मानवता समेत देखिएन’, उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो । यो भन्दा अन्तराष्ट्रिय बेइज्जत अर्को हुँदैन ।’

संगालोखबर 























