सर्लाहीमा २ रुपैयाँ किलो गोलभेंडा
सर्लाही । यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । एक दशकयताकै सस्तो मूल्यमा किसानले यस वर्ष गोलभेडा बेचेका छन् ।
खर्चिलो र निकै मिहिनेतले उत्पादन हुने गोलभेडा बेचेर लागतसमेत उठाउन नसकेको किसानको गुनासो छ । किसान बिन्देश्वर महतोले गोलभेडा बेचेर टिप्ने र ढुवानी गर्ने खर्चसमेत नपुगेको बताए । ‘खेतमै जानु बे...