कौडीको भाउमा भृकुटीमण्डपको जग्गा, सांसद् भए मालामाल
काठमाडौं, १३ भदौ। राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।
समाजकल्याण परिषदको नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो भाडामा दरमा लिएर सांसद् टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् ।
मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइस...





















