अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
जाजरकोट । आर्थिक अभाव भएर भारतमा गई पैसा कमाएर पढ्ने धोको पूरा गर्ने योजनाका साथ सिरमौर राजगढ गएका यहाँका एक युवकको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका– १ काप्राका २१ वर्षीय गोपाल रावतको मृत्यु भएको हो । रावतको भारतको उत्तर प्रदेशको सिरमौर राजगढ भुइँरा लिंक सडक खण्डमा दुर्घटनामा परी मृत्यु भएको मृतकका आफन्त कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
रावत गत साउन ६ गते मजदुरीको सिलसिलामा भारतको उत्...






















