पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।

महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!