आज हावाहुरी चल्ने सम्भावना, सचेत रहन आग्रह
विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६ः४५ बजे समाप्त हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
हावाहुरीबाट कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ । यस्तै मधेश प्रदेशका बारा, पर्...































