सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्।

मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको छ। सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका-१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका-९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका-२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्‍न ट्रकका सहचालक रहेको खुलेको छ।

Advertisement
बलात्कारमा परेकी किशोरीलाई प्रहरीले माइती नेपालको जिम्मा लगाएको छ। आरोपितलाई प्रहरी वृत थानकोटको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए। घरायसी कामको सिलसिलामा धादिङबाट काठमाडौं आएकी ती किशोरी सोमबार दिउँसो फर्कने क्रममा थिइन्। त्यही बेला तीनथानास्थित भेटिएका तीन जना युवाहरुले आफूहरु धादिङ जाने र सित्तैमा धादिङ पुर्‍याइदिने किशोरीलाई पखाएका थिए।

धेरै अबेर भएपछि आफू आत्तिएर कसैलाई सहयोग मागेको तर सुनसान भएका कारण कसैले नसनेकोकिशोरीले प्रहरीलाई बताएकी छन्। पछि उनीहरु तीनै जनाले आफूलाई समाएर ट्रकभित्र लगी जबर्जस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन्।

डीएसपी श्रेष्ठका अनुसार घटना घटाएर तीनजना भागेको अवस्थामा पीडित किशोरीलाई प्रहरीको गस्ती टोलीले ट्रकको पछाडि फेला पारेको थियो। त्यसपछि प्रारम्भिक अनुसन्धानपछि किशोरीलाई संरक्षणका लागि माइती नेपाल पठाएको बताए। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!