धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी
धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम गर्न धनकुटा बहुमुखी क्याम्पसले विद्युतीय हाजिरी स्थगित गरेको छ ।
विद्युतीय हाजिरीको माध्यमबाट भाइरसको संक्रमण बढ्न सक्ने जोखिम रहेकाले अर्को सुचना नभएसम्मका लागि आजदेखि विद्युतीय हाजिरी स्थगित गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।
क्याम्पसले सुचना जारी गरी हाजिरी पुस्तिकामा हाजिर गर्न प्राध्यापक, कर्मचारीहर...































