संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबारदेखि सुरु हुँन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण देखाउँदै सरकारले अन्तिम अवस्थामा आएर बुधबार एसईई स्थगित गर्ने निर्णय गरेको हो ।

Advertisement

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

परिक्षामा धेरै बिद्यार्थीको जमघट हुँने हुँनाले कोरोनाको संक्रमण फैलन सक्ने हुँदा सावधानी आपनाउँन हालका लागि परीक्षा स्थगित गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले बताए ।

अन्तिम अवस्थामा आएर परिक्षा स्थगित हुदा बिद्यार्थीहरु मारमा परेका छन् ।

यो पनि पढ्नुहोस्…

परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!