संगालोखबर सम्वाददाता


काठमाडौं । नेपाल टेलिकमका सवै नम्बरहरुमा कोरोना भाइरस सम्बन्धि रिंगब्याक टोन बज्न थालेको छ । टेलिकमले कोरोना भाइरसको संक्रमणप्रति सतर्कताका लागि सिआरबिटी मार्फत सचेतनामुलक सन्देश दिने व्यवस्था मिलाएको हो ।

जुनसुकै नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट सुरक्षित रहने बिधिको सन्देश दिने व्यवस्था मिलाईएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सबै जिएसएमए नम्बरहरुमा निःशुल्क सन्देश उपलब्ध गराईएको कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

Advertisement

फोन जाने वित्तिकै नेपाल टेलिकमको धुन बज्छ अनि कोभिड १९ का मुख्य लक्षणहरुका बारेमा जानकारी दिइन्छ ।

त्यसपछि सुरक्षित राख्नका लागि स्यानिटाइजर वा नियमित साबुन पानीले हात धुने, भीडभाडमा नजाने तथा गएपनि मास्क प्रयोग गर्ने, सम्भावित लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क राख्ने सुझाव दिईन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!