धनकुटाको साँगुरीगढी र चौबिसेमा विदेशबाट आएका ३२ जनाको कोरोना परीक्षण
धनकुटा । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रका ३२ जनाको बिहिबार ‘र्यापिड डाइग्नोस्टिक टेष्ट’ गरिएको छ । परीक्षण गर्दा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
विदेशबाट फर्किएका चौबिसेका १९ र साँगुरीगढीका १३ जनामा परीक्षण गर्दा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले बताए । गुरागाईका अनुसार साँगुरीगढीका १ जनाको क्रस ...






























