संगालोखबर सम्वाददाता

काठमाडौं । भारतले थप तीन साता लकडाउन लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउन लम्ब्याएर वैशाख २१ गतेसम्म पुर्याइने भएको हो ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार टिलिभिजन संबोधनका क्रममा तीन साता लकडाउन लम्व्याउँने घोषणा गरेका हुन् । भारतमा यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (भोलीे) सकिँदैछ ।

संबोधनका क्रममा प्रधानमन्त्री मोदीले सामाजिक दुरी र लकडाउनले कोरोना फैलावटमा निकै लाभ मिलेको बताएका छन् । मोदीले भने, ‘आर्थिक दृष्टिकोणमा निकै महंगो छ तर भारतबासीको जीवनका अगाडि यो ठूलो होइन ।’

कोरोनालाई नयाँ क्षेत्रमा फैलिन नदिने भन्दै उनले हटस्पट पहिचान गरेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन । भारतमा हालसम्म करिब साढे १० हजारमा कोरोना संक्रमण फैलिएको छ । संक्रमणका कारण भारतमा साढे ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!