काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको अन्तिम रिपोर्ट आउँन वाँकी छ ।
र्यापिड डाइगोस्नोटिक टेस्टमा कोरोना पोजेटिभ देखिएपछि सोमबार उनीहरूलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । त्यसपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
संक्रमण पुष्टि हुँने आमा र छोरा हुन् । बुहारीको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु चैत पहिलो साता लन्डनबाट फर्किएका हुन् । सो अपार्टमेन्टमा झन्डै पाँच सय परिवार बस्दै आएका छन् । अपार्टमेन्टलाई सोमबारदेखि नै सिल गरिएको छ ।