धनकुटामा १४ बर्षे बालिकाको शव रुखमा भेटियो, महिला पनि घरमै मृत फेला
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा एकैदिन दुई जना मृत फेला परेका छन् । पाख्रीवास नगरपालिका वडा नं.८ मा बालिका र वडा नं.३ मा महिलाको शव फेला परेको हो ।
पाख्रीवास–८ मार्सेडाँडाका तेजबहादुर भट्टराईकी १४ बर्षीया छोरी नेत्रकुमारीको शव घर भन्दा करिव ७ सय मिटर पर सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । घाँटीमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्त...





























