देशभरका मुख्य राजमार्गमा तीन हजार किलोमिटर सडक मर्मत गरिने
काठमाडौं । सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किलोमिटर सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न लागिएको हो ।
आगामी पाँच वर्षमा मर्मत गरिसक्ने गरी सम्झौता भएको विभागले जनाएको छ । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनका अनुसार पूरै बिग्रिएर प...





























