पाँचथरमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, दुई घाईते

पाँचथरमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, दुई घाईते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–१ स्थित मेची राजमार्गमा गएराती पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । फिदिमबाट जोरसाल जाने क्रममा स्वच्छन्द कन्काई निर्माण सेवाको बा.१९ च. ५७३६ नम्बरको पिकअप सडक बिभाग छेउमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम–१ का अर्जुन शङ्करको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । धरान उपमहानगरपालिका–१ क...
इलामको माङसेबुङमा सार्वजनिक विदा

इलामको माङसेबुङमा सार्वजनिक विदा

इलाम । किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा बिहिबार इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकले धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा एक दिन (मंसिर १८ गते) स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । सार्वजनिक विदाको दिन गाउँपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, बिद्यालयहरु र अन्य संघसंस्थाहरु विदा हुँने गाउँपालिकाले जनाएको छ । माङसेबुङ ...
धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी

धनकुटामा कार्यरत सेनाको मृत्यु प्रकरण: बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी

धनकुटा । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको मृत्यु शंकास्पद रहेको भन्दै तत्कालिन बाहिनीपतिसहित १४ जनाबिरुद्द मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । सुनसरीको रामधुनी–३ का मृतक भट्टराईकी श्रीमती कमलाले घटना भएको ६ महिनापछि जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएकी हुन् । हिलेस्थित सेनाको २ नं. बाहिनीका तत्कालिन बाहिनीपति यमप्रसाद ढक...
प्रदेश १ मा थपिए १७० कोरोना संक्रमित, ९२ डिस्चार्ज

प्रदेश १ मा थपिए १७० कोरोना संक्रमित, ९२ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा मंगलबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । ८३५ जनाको पीसीआर परीक्षण गर्दा ५५ महिला र १२४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि हुँनेमा ९ जना प्रदेश १ बाहिरका पनि छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २/२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको...
जापानमा बेरोजगार दर बढ्यो

जापानमा बेरोजगार दर बढ्यो

एजेन्सी । जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको  सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति बेरोज...
मृत्युशैयामा पुगेकी तामाङलाई बचाउँन डा.शर्माले गर्दिए निःशुल्क उपचार

मृत्युशैयामा पुगेकी तामाङलाई बचाउँन डा.शर्माले गर्दिए निःशुल्क उपचार

बिराटनगर । संखुवासभाको तुम्लिङटारकी मुना तामाङ चार दिनदेखि बेहोस थिईन् । होस नखुलेपछि ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याईएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सकियो । परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागेर डाक्टरले तत्काल अप्रेशन गर्नुपर्ने बताए पनि पैसा रित्तिदा बेहोस अवस्थामै उनलाई घर फर्काउँनुपर्ने अवस्था आयो । ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आ...
सहिदभूमिमा वडा कार्यालय भवन उद्घाटन

सहिदभूमिमा वडा कार्यालय भवन उद्घाटन

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका वडा नं. ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । प्रदेश सांसद ईन्द्रमणी पराजुली र गाँउपालिका अध्यक्ष मनोज राईले रिवन काटेर कार्यालय भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद पराजुलीले मुलुकमा राजनीतिक परिवर्तन ल्याउँन सहिदभूमिवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिले जनताको चाहना अनरुप काम गरिरहेको भन्दै उनले जनत...
झापामा मृगौलापीडितलाई डायलासिस गर्न आठ महिनासम्म कुर्नुपर्ने बाध्यता

झापामा मृगौलापीडितलाई डायलासिस गर्न आठ महिनासम्म कुर्नुपर्ने बाध्यता

झापा । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुपर्यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्। काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पत...
इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बूको मृत्यु भएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि ...
आफन्तबाटै छोरीचेली असुरक्षित

आफन्तबाटै छोरीचेली असुरक्षित

लहान, रौतहट । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ। रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसक...
धनकुटाको सिधुवामा ५ शैयाको अस्पताल बन्ने

धनकुटाको सिधुवामा ५ शैयाको अस्पताल बन्ने

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा ५ शैयाको अस्पताल निर्माण हुँने भएको छ । मुलुकका ३९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने सरकारी योजना अनुसार छथर जोरपाटी गाउँपालिका क्षेत्रका लागि सिधुवामा अस्पताल निर्माण गर्न लागिएको हो । सोमबार संघीय सांसद राजेन्द्र राईले अस्पताल भवनको सिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सांसद राईले गाउँ–गाउँमा अस्पताल निर्माण गर्ने सरकारको दु...
प्रदेश १ मा थपिए २१३ कोरोना संक्रमित

प्रदेश १ मा थपिए २१३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा सोमबार २१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५/५, संखुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३/३, सुन्दरहरैंचा र कानेपोखरीमा २/२, रंगेली, ग्रामथ...
कुटपिटबाट घाईते भएका प्रधानको मृत्यु, तीन पक्राउ

कुटपिटबाट घाईते भएका प्रधानको मृत्यु, तीन पक्राउ

झापा । कुटपिटबाट घाईते भएका झापाको मेचीनगर नगरपालिका–४ का पुर्णबहादुर प्रधानको मृत्यु भएको छ । आईतवार राती सवा ८ बजे कुटपिटबाट घाईते भएका ५० बर्षीय प्रधानको उपचारका क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो । प्रधानलाई कुटिपट गर्ने स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सामान्य बादबिबादका क्रममा प्रध...
भोजपुरबाट हेलिकप्टरमा राखेर सुत्केरीलाई पठाईयो धरान

भोजपुरबाट हेलिकप्टरमा राखेर सुत्केरीलाई पठाईयो धरान

भोजपुर । बच्चा जन्माउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुरकी एक सुत्केरी महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत धरान पठाईएको छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि भोजपुर–४ शिद्धेश्वरकी ३२ वर्षीय पवित्रा श्रेष्ठलाई उद्धार गरेर धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत काठमाडौंबाट हेलिकप्टर मगाएर सुत्केरीला...
दुहवीमा १७ बर्षीय बालकको हत्या, तीन जना पक्राउ

दुहवीमा १७ बर्षीय बालकको हत्या, तीन जना पक्राउ

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजन नारायण चौधरीको हत्या भएको छ । हत्या गरेर फालिएको अवस्थामा सोमबार बिहान करिब ५ बजे दुहवी–२ स्थित अरुण बनस्पती उद्योगको कम्पाउण्ड उत्तर पट्टीको घारीमा चौधरीको शव फेला परेको हो । उनी गत बुधबारदेखि सम्पर्कबिहिन थिए । खोजतलासका लागि परिवारका सदस्यले प्रहरीमा निवेदन दिएका थिए । खोजतलास तथा अनुसन्धान शुरु गरेको प्रहरीले बेपत्ता बनाएको आशांकामा दुहव...
सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

सिरहा । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए । यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्...
झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–६ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–४ का २६ बर्षीय श्याम मर्डी र ३५ बर्षीय गंगाराम कायस्थ्य छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आईतवार दिउँसो करिव २ बजे उनीहरुलाई पक्राउ गरेको हो । मे.५ प.५०३२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्दा २३ ग्राम लागुऔषध ब्राउनसुगर ...
आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

आठपहरिया जातिको वाडाङ्मेट चाड सुरु

धनकुटा । आठपहरिया जातिको महान चाड वाडाङ्मेट सोमबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रमा मूख्य बसोबास रहेका आठपहरिया जातिले मूख्य पर्वको रुपमा वाडाङ्मेट मनाउँने गर्छन् । मंसिरे चाडको रुपमा पनि लिईने यो पर्व कार्तिक शुक्ल पूर्णिमादेखि १५ दिनसम्म धुमधाम मनाउँने गरिन्छ । पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाई गरी मनाउने चलन...
धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा नगरक्षेत्रमा सोमबार सार्वजनिक विदा

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार नगरक्षेत्रमा सार्वजनिक विदा दिएको छ । धनकुटामा बसोबास गर्ने आठपहरिया जातिको वाडङ्मेट चाडको अवसरमा एक दिन विदा दिईएको धनकुटा नगरपालिकाले जनाएको छ । नगरपालिकाले विदा दिएपनि प्रदेश र संघीय कार्यालय भने खुल्नेछन् । नगरपालिका अन्तर्गतका कार्यालय, स्वास्थ्य सस्था र शिक्षण सस्था विदा हुँने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले जानकारी दिए । उनका अनुसा...
प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

प्रदेश १ का थप १६४ जनामा कोरोना संक्रमण, ४२१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आईतबार १६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३/३ तथा पाँचथर र ताप्लेजुङमा २/२ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैंचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २/२, ग्रामथान, रतुवामाई, बुढीगंगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण द...
सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरीमा हत्या भएको १३ बर्षपछि पक्राउ

सुनसरी । हत्या गरेर फरार भएको १३ बर्षपछि सुनसरीका एक जना पक्राउ परेका छन् । जिल्ला अदालत सुनसरीको ०७१ साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा दोषी ठहर गर्दै २० बर्ष कैद सजाय तोकिएका ३२ बर्षीय कृष्ण कुमार धामीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका धामी लगायत उनका साथीले ०६४ बैशाख २८ गते साथीको बिवाहमा जन्ती गएका बेला तत्कालिन एकम्बा गाबिस–४ का सुनेर कुमार ठाकुरलाई छुरा प्रहार गरी भागेक...
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेक...
सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुन्दरहरैंचामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैंचामा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । विहान करिव ८ बजे सुन्दरहरैंचा–८ सलकपुरस्थित राजमार्गमा प्रदेश नं. १–०१–००१ ख.३४१० नम्बरको बसले को.२१ प.५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुँनेमा सुन्दरहरैंचा–७ का ४० बर्षीय बिजेस लिम्बु छन् । बसको ठक्करबाट गंभीर घाईते भएका लिम्बूको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा सवा ...
मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोरङ र झापामा दुर्घटना हुँदा तीन जनाको मृत्यु

बिराटनगर । मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराती करिव ९ बजे मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा को.२ त.३१९६ नम्बरको ट्याक्टरले को.३८ प.१६६५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुन्दरहररैंचा–५ का ४२ बर्षीय मकेश्वर चौधरीको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट घाईते भएका चौधरीकोे उपचारका क्रममा करिव १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्या...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । पछिल्लो केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आईतबार पनि प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो । शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्...
सौराहामा पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान

सौराहामा पर्यटक भित्र्याउन ‘घुमौँ सौराहा’ अभियान

चितवन । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन ‘घुमौँ सौराहा’ अभियान चलाइने भएको छ । जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ सौराहाको संयुक्त पहलमा अभियान चलाउन लागिएको हो । यसका लागि व्यवसायी अन्तिम तयारीमा जुटेका छन् । नेपालको सातवटै प्रदेशमा पुगेर ‘सौराहा सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्ने योजना बनाइएको छ । पर्यटन दिवसको दिनदेखि लामो ...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ढकालले ५२२ मत ल्याएका छन् भने प्रधानको पक्षमा ३७५ मत खसेको छ । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ र प्रधानले ३९ मत पाएका छन् । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालल...
प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

प्रदेश १ का थप १७० जनामा कोरोना संक्रमण, ८४ डिस्चार्ज

विराटनगर । प्रदेश १ का थप १७० जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीका ५३, झापाका ४९, मोरङका ३६, इलामका १७, पाँचथरका ६, धनकुटाका ४, उदयपुरका २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरका १/१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २/२ तथा भोक्राहानरसिंहमा १ जना संक्रमित भएका छन् । झापाको दमकमा २२, विर्ता...
प्रचण्डको आरोपमा ओलीले यस्तो दिए लिखित जवाफ (पूर्ण पाठसहित)

प्रचण्डको आरोपमा ओलीले यस्तो दिए लिखित जवाफ (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका छन् । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ को सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि खाममा राखेर दिइएको छ । उक्त प्रस्ताव अध्ययनपछि मंसिर १६ गते दिउँसो एक बजे पुनः स...
उद्योग बाणिज्य महासंघको मतदान सुरु

उद्योग बाणिज्य महासंघको मतदान सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति निर्माणका लागि शनिवार बिहानबाट मतदान सुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभाबाट नयाँ समिति निर्माणका लागि तीन छुट्टाछुट्टै मतदान केन्द्रबाट मतदान थालिएको हो । एशोसिएटतर्फको मतदान केन्द्र कार्की व्याङ्केट बबरमहलमा बिहान ९ बजेबाट मतदान सुरु भएको छ । वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा १० बजे र जिल्ला नगरतर्फ नेपाल प्रज्ञा ...
नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

नेपाल-भारत सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने नि...
error: Content is protected !!