संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका पाख्रीवास नगरपालिका–९ उत्तरपानीका ६१ बर्षीय बृद्धको मृत्यु भएको हो ।

Advertisement

ज्वरो, रुघामर्कीसहित स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत बुधबार बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो । नोबेलमा पीसीआर परीक्षण गर्दा बिहिबार संक्रमण पुष्टि भएको हो । घर फर्काउँने क्रममा गएराती उनको मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीको सहयोगमा उत्तरपानीस्थित समादी स्थलमा आईतबार उनको पार्थिव शरिरको बौध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । परिवार स्रोतका अनुसार उनमा यसअघि कुनै दीर्घरोग थिएन । यता, उनका छोरामा भने केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै धनकुटामा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म धनकुटाका १ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ५२ जना निको भएका छन् भने २९ जना होम आईसोलेशनमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!