काठमाडौं । आइतबारबाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठक मंसिर २८ गतेसम्मलाई स्थगित भएको हो ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । उनले बैठकलाई संबोधन गर्दै पत्र पठाएका थिए । सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा ओलीको पत्र पढेर सुनाएका छन् । पत्रमा ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव बैठकमा छलफल योग्य नरहेको भन्दै प्रस्ताव फिर्ताको अडान दोहोर्र्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा ओली र दाहाल दुवैका प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गतेसम्मलाई स्थगित भएको हो । यता, मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पनि पुस ५ गतेका लागि सारिएको नेकपाले जनाएको छ ।