- संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंकी नम्रता श्रेष्ठले मिस नेपाल–२०२० को उपाधि जितेकी छन् । ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई उछिन्दै १९ बर्षीया श्रेष्ठले मिस नेपालको २६ औं संस्करणको ताज पहिरिएकी हुन् ।

Advertisement

उनलाई ‘मिस नेपाल वर्ल्ड–२०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी छन् । बिजेता नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् भने मिस वर्ल्ड–२०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै, मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितेकी छन् । यता, ‘मिस नेपाल अर्थ’ को उपाधि सुप्रिया श्रेष्ठ र ‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि सन्ध्या शर्माले जितेकी छन् ।

यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगितामा सहभागि भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!