संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा लेडी जेसीजको दोसो शाखा अधिवेशनबाट बिसिका श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धनकुटा सदरमुकाममा शनिवार सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण गरेको हो । श्रेष्ठ यसअघि जेसीजको महासचिव थिईन् ।

Advertisement

नव निर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा बिपना श्रेष्ठ, स्मिता श्रेष्ठ, उपाध्यक्षमा रिना श्रेष्ठ, अमृता श्रेष्ठ, गोमा बस्नेत, उर्मी महर्जन र सचिवमा सरस्वती राई चयन भएका छन् । अन्य सदस्यहरु पछि मनोनित गरिने बताईएको छ । समितिको कार्यकाल एक बर्ष हुँनेछ ।

धनकुटामा चार बर्षअघि प्रमिशा श्रेष्ठको नेतृत्वमा जेसीजको शाखा स्थापना भएको हो । स्थापनाको पहिलो बर्ष नै धनकुटा शाखा मुलुककै उत्कृष्ट घोषित भएको थियो । जेसीजले बिभिन्न सामाजिक काम गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!