संगालोखबर सम्बाददाता

भोजपुर । ९ बर्ष अघिदेखि बिरामी भएर थला परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिवार राईको उद्धार गरेकी हुन् ।

Advertisement

आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या भएको थियो । घरमा भएको एक मात्र सन्तान छोरा पनि मानसिक रोगी भएका कारण राईको उपचार र पालन पोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरि विराटनगरको मानव सेवा आश्रममा ल्याईएको छ ।

राईको उद्धार गर्दै राज्यमन्त्री गजमेरले स्वास्थ्य उपचार र रेखदेखको काम सरकारले गर्ने बताईन् । सहयोगापेक्षी तथा सडक आश्रित व्यक्तिहरुको उद्धार तथा पुर्नस्थापनाको काममा प्रदेश सरकार लागेको भन्दै उनले सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गर्दै आएको जानकारी दिईन् ।

करिव २ महिना अघि राईको स्वास्थ्यमा समस्या भएपछि स्थानीय खार्तम्छा स्वास्थ्य चौकीले स्लाइन पानी दिएर प्राथमिक उपचार गरेको थियो । राईको दयनीय अवस्थाको तस्वीरसहितको समाचार बिभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारको ध्यान पुगेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!