संगालोखबर सम्वाददाता

बिराटनगर । आज प्रदेश नं १ का पहाडी भू–भागका १/२ स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको र बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!