
बिराटनगर । अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकि स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम बिज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।
दिउँसो प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडि भू–भागमा र प्रदेश नं २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको १(२ स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
राती प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १/२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १/२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।















