संगालोखबर सम्वाददाता

मोरङ । भारतीय बजार जोगबनीबाट अवैध रुपमा भन्सार छलेर ल्याएको सामान बिराटनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर–१६ दरैया नहरबाट ९५ हजार मूल्य बराबरको लत्ता कपडा, किचनका आईटम तथा खाद्यान्न सामाग्रीहरु बरामद भएको हो ।

Advertisement

बिशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले शनिवार बेलुका साढे ६ बजे सामान बरामद गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालय रानीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!