संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको सिवसताक्षी–८ स्थित राजमार्गमा गएराती मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ का ३२ बर्षीय रमेश बिष्ट छन् ।

राती सवा ९ बजे को.२ प.६९७० नम्बरको मोटरसाईकलले बिष्टलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गंभीर घाईते भएका उनलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।

Advertisement

उपचारका क्रममा राती पौने १० बजे बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक शिवसताक्षी–७ का सन्तोष बेगालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!