
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
एकैदिन प्रतितोला १ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको भाउ पनि मंगलबार बृद्धि भएको छ । सोमबार तोलामा १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।















