
विराटनगर । प्रदेश १ मंगलबार १५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३/३, बराहक्षेत्रमा २, गढी, रामधुनी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै मोरङको विराटनगरमा २८, सुन्दरहरैंचामा ५, पथरीशनिश्चरेमा ४, कटहरीमा ३, बेलबारी र बुढीगंगामा २/२, उर्लाबारी र स्थानीय तह नखुलेका १/१ संक्रमित भएका छन् ।
यता, झापाको दमकमा ५, भद्रपुर र विर्तामोडमा ४/४, मेचीनगरमा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति र कनकाईमा १/१, संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १ र उदयपुरको त्रियुगामा १ जनामा संक्रमण पुष्टि भएको छ योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ । जसमध्ये २३ हजार ३४३ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ९१ जना संक्रमित निको भएका हुन् । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, मेची अस्पताल र विराट मेडिकल कलेजबाट १/१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।















