संगालोखबर सम्वाददाता

विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

Advertisement

हुलाकी सडकको कामबारे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेलाई मन्त्रालयमा बोलाएर आयोजनाको बारेमा जानकारी लिएका छन् । चालु आर्थिक बर्षमा पुलहरुको काम सम्पन्न गर्ने र २ बर्षभित्रमा सडकको काम सम्पन्न हुँने पाण्डले जानकारी गराए । झापाका ८ वटा पुल, मोरङको रतुवामाईमा रहेको पुलका लागि टेण्डरको काम भई सकेको उनले बताए । ‘रंगेली र विराटनगरमा सडकमा केही समस्या छ । रंगेलीको केही स्थानमा निर्माणको डिजाईन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या छ ।’ पाण्डेले भने ।

हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या रहेको उनले बताए । विराटनगरमा ६ किलोमिटर सडकमा समस्या भएकाले टेण्डरको काम हुन नसकेको पाण्डेले मन्त्री घिमिरेलाई जानकारी गराएका छन् । मन्त्री घिमिरेले आगामी २ बर्षभित्रमा राजमार्ग सञ्चालन गर्नेगरि काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री घिमिरेले सडक निर्माणमा भएका समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता पनि जनाए । आयोजनाका प्रतिनिधिसँगको भेटमा मन्त्री घिमिरेले हुलाकी सडकको चर्चा धेरै भएपनि काम नदेखिएको प्रस्ट्याए ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ सुनसरीका पुलको अवस्थाका बारेमा जानकारी लिएका छन् । ज्ञवालीले चालु आर्थिक बर्ष भित्रमा करिव १० वटा पुल निर्माण सम्पन्न हुँने बताएका छन् । पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पुरा हुन नसकेको उनले बताए । सडक निर्माण भएपनि पुल निर्माण सम्पन्न नहुँदा समस्या सृजना भएका पुलहरुको निर्माण भईरहेको मन्त्री घिमिरेसमक्ष उनले जानकारी गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!