
उदयपुर । उदयपुरमा बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–९ का ६३ वर्षीय सूर्य पोख्रेललाई प्रहरीले पक्राउ गरेको हो ।
पोख्रेलले स्थानीय सिटी हलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनाको जानकारीपछि प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।















