नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुँने

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी आन्दोलन स्थगित हुँने

विराटनगर । नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउँन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउँन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्...
शिक्षा मन्त्रालयको बैठकमा मेडिकल एशोसिएसनको असहमति, महासचिव शर्माले लेखे ‘नोट अफ डिसेन्ट’

शिक्षा मन्त्रालयको बैठकमा मेडिकल एशोसिएसनको असहमति, महासचिव शर्माले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौ । चिकित्सा शिक्षाका विषयमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार शिक्षा मन्त्रालयमा बोलाइएको सरोकारवालाहरुको बैठकमा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले असहमति जनाएको छ । बैठकमा सहभागि मेडिकल एशोसिएसनका महासचिव एवं काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले बैठकका निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । ‘निर्णय कार्य...
गाँजा र चरेससहित दुई जना पक्राउ

गाँजा र चरेससहित दुई जना पक्राउ

झापा । झापाको दमक नगरपालिका–२ हुम्से–दुम्से सामुदायिक जंगलबाट गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको माईसेबुङ गाउँपालिका–२ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया छन् । प्रहरी चौकी बागखोरबाट खटिएको टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । उनीहरुको साथबाट १२ केजी गाँजा र ६ ग्राम २६० मिलिग्राम चरेस बरामद ...
धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनकुटा । धनकुटाको गुराँसे नजिक कोशी राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बालुवा बोकेर धनकुटाबाट बसन्तपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०५४९ नम्बरको हाइवा टिपर बिहान करिब ५ बजे धनकुटा नगरपालिका–२ नागढुङ्गामा पल्टिँएको हो । टिपर पल्टिँदा चालक प्युठानको मान्डवी गाउँपालिका–१ का २८ बर्षीय भुवन थ्रेडी मगर र सह–चालक दाङको बबई गाउँपालिका–३ का २१ बर्षीय नविन बि.क.गाडी मुनी...
कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिबार काठमाडौंको कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिला वालवालिका तथा उत्थान केन्द्रसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ९ सय ६३ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुस...
प्रेस चौतारी धनकुटाको अध्यक्षमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

प्रेस चौतारी धनकुटाको अध्यक्षमा संगालोखबरका सञ्चालक रबिन कटेल निर्वाचित

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा संगालोखबर अनलाइन मिडियाका सञ्चालक रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सञ्चालक कटेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबरका सम्पादक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका उनी सगरमाथा टेलिभिजन, राजधानी दैनिक र ...
धनकुटाको मुलघाटमा बस दुर्घटना

धनकुटाको मुलघाटमा बस दुर्घटना

धनकुटा । धनकुटाको मुलघाटमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जाँदै गरेको ग १ ख ७४७६ नम्बरको बस दिउँसो करिब १ बजे ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी धरान–७ की ४१ बर्षीया दिलकुमारी मादेन गम्भीर घाइते भएकी छन् । घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका प्रहरी प्रवक्ता ...
इलाममा युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

इलाममा युवतीको हत्या गर्ने पुरुष २० वर्षपछि पक्राउ

इलाम । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार आफ्नै गाउँघरमा नै नियमित काम गरिरहेका राईमाथि निग...
धनकुटाको साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटाको साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटा । ३० औं राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटाको साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा गरिएको छ । पृथ्वी नारायण शाहले राज्य एकीकरणका क्रममा पदयात्रा गरेको बाटोमा राष्ट्रिय एकता दिवसको अवसर पारेर पदयात्रा गरिएको हो । धनकुटा नगरपालिका, साँगुरीगढी गाउँपालिका र होटल एशोसिएसन भेडेटारको सहयोगमा बरख गण हेड क्वाटर हिले, नं.२ बाहिनी अड्डा इटहरी र वरख गण धनकुटाले पदयात्रा आयोजना गरेका हुन् । प्रमुख जिल्ला...
बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ। मोरङको बेलबारीमा बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३ सय भन्दा बढी विरामीको निःशुल्क उपचार पाएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र गुरुकुल पाठशालाको सहकार्यमा बेलबारी नगरपालिका–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ३ सय ५० जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ११७ जनाको इसीजी,...
नोबेलमा विद्यार्थीले हिंसा मच्चाएको भन्दै विरोध, देशभरका अस्पताल ठप्प पार्ने चेतावनी

नोबेलमा विद्यार्थीले हिंसा मच्चाएको भन्दै विरोध, देशभरका अस्पताल ठप्प पार्ने चेतावनी

काठमाडौ। विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुले अनावश्यक हंगामा मच्चाएर हिंसात्मक गतिविधि गरेको भन्दै निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विरोध जनाएको छ । विद्यार्थीहरुले विरोधका नाममा हिंसात्मक गतिविधि गरेर भौतिक सम्पत्तिमा क्षति पुर्याउँने काम गरेको भन्दै एशोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको हो । शान्तिपूर्ण आन्दो...
ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका विद्यार्थीको मृत्यु

ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका विद्यार्थीको मृत्यु

मोरङ । मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा ट्याक्टरको ठक्करबाट आज एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुँनेमा उर्लाबारी–७ का २१ बर्षीय निश्चल बानियाँ छन् । बिहान करिब साढे ५ बजे प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा कलेज जाँदै गरेका बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी क...
भक्तपुरको सूर्यविनायकमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको सूर्यविनायकमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुर नगरपालिका–४ सूर्यविनायकमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । मिनर्वा इङ्गलिस स्कूलमा भएको शिविरमा ९८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १८२ जनाको रक्त परीक्षण, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको ज...
तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

तेह्रथुममा करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फेदाम गाउपालिका–१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेत छन् । सोमबार दिउँसो पटमेरोको रुखमा चढेर हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक बस्नेत स्थानीय महाकाली माध्यमिक विद्यालयका प्रधानाध्या...
मान्छे खाने बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

मान्छे खाने बाघ नियन्त्रण गर्न खटियो प्राविधिक टोली

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ । बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा तीनजना प्राविधिक कर्मचारी छन् । बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्ते...
भारतबाट घर फर्कनेको लर्को, खुला सीमाले कोरोनाको जोखिम उच्च

भारतबाट घर फर्कनेको लर्को, खुला सीमाले कोरोनाको जोखिम उच्च

महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदै...
काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको बिजय चौकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बिजय चौकमा सोमबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिला बालबालिका उत्थान तथा वातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । बिजय चौकस्थित सेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा ८५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको भिडियो एक्सरे, १९७ जनाक...
एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई

एमाले भोजपुरको अध्यक्षमा शरणकुमार राई

भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रह...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–१० बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१० का ३२ बर्षीय बिक्रम प्रसाईं र मेचीनगर–९ का ४४ बर्षीय संजय खड्का छन् । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिक्रमको घरबाट दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र १९ हजार ५ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जना...
अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ: महामन्त्री शर्मा

अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ: महामन्त्री शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्। कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताएका थिए। शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए। ‘एउटा निर्व...
तीन वर्षमा ५६ अर्ब ७६ करोड राजस्व छली

तीन वर्षमा ५६ अर्ब ७६ करोड राजस्व छली

काठमाडौं । राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा २६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा पनि गैर बैङ्किङ प्रणालीबाट कारोबार भएको छ । विभागले उक्त घटनामा ५५८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा नौ अर्ब ८३ करोड रुपैयाँ राजस्व छली तथा चार अर्ब ६१ करोड रुपैय...
पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र ...
अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुँन नपाइने

अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुँन नपाइने

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले भीडभाड जन्य गतिविधिमा रोक लगाउँने निर्णय गरेको हो । बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाउँने निर्णय गरेको छ । अत्या...
कोरोना प्रभाव: देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

कोरोना प्रभाव: देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय

काठमाडौं । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो केही दिन यता पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले देशभरका आधारभूत र माध्यमिक विद्यालयलाई दिउँदे विदा दिएर विदा गर्न आग्रह गरेको छ । सीसीएमसीको बैठकले बालबालिकाहरुलाई विद्यालय नपठाउँन अभिभावकहरुलाई ...
ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

ललितपुरको टिकाथलीमा काठमाडौं मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्...
एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित

एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित

धनकुटा । नेकपा एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित भएका छन् । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा जारी एमालेको ७ औं जिल्ला अधिवेशनबाट पराजुली सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् । अधिवेशनबाट उपाध्यक्षमा चिन्तन तामाङ, सचिवमा निरन राई तथा उप–सचिवमा शिव आङ्ला र सुस्मा राई चयन भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
एमाले धनकुटाको अधिवेशन : अध्यक्षका दावेदार राई पछि हटे, सर्वसम्मत नेतृत्व घोषणा हुँदै

एमाले धनकुटाको अधिवेशन : अध्यक्षका दावेदार राई पछि हटे, सर्वसम्मत नेतृत्व घोषणा हुँदै

धनकुटा । नेकपा एमाले धनकुटाको जारी ७ औं जिल्ला अधिवेशनमा अध्यक्षको दाबी गर्दै आएका नेता निरन राई अन्ततः पछि हटेका छन् । नेतृत्वले सर्वसम्मत अधिवेशन टुंङ्ग्याउन दवाब दिएपछि राई अध्यक्षको दाबीबाट पछि हटेका हुन् । राईलाई पार्टी नेतृत्वले सचिव पदमा बस्न दवाब दिइरहेको छ । तर, उनले आफू सचिवमा नबस्ने प्रतिकृया दिए । आफूले अन्तिम समयसम्म पनि अध्यक्षको दाबी नछोडेको भएपनि नेतृत्व र पदाधिकारीको भावना विपर...
एमाले धनकुटाको अधिवेशनमा सम्पर्क मञ्चले दियो ८५० थान झोला

एमाले धनकुटाको अधिवेशनमा सम्पर्क मञ्चले दियो ८५० थान झोला

धनकुटा । नेकपा एमाले धनकुटाको ७ औं जिल्ला अधिवेशनमा एमालेको भातृ संगठन धनकुटा–काठमाडौं सम्पर्क मञ्चले ८ सय ५० थान झोला प्रदान गरेको छ । अधिवेशनमा सहभागि प्रतिनिधिहरुका लागि मञ्चले हाते झोला प्रदान गरेको हो । मञ्चका अध्यक्ष तिलक कार्कीले एमालेका केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईलाई अधिवेशन स्थलमा झोला हस्तान्तरण गरेका छन् । पार्टीको जिल्ला अधिवेशनलाई सहयोग पुर्याउँने उद्धेश्यल...
विराटनगरबाट लागुऔषधसहित एक युवा पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक युवा पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ का २० बर्षीय संग्राम राई छन् । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध नाईट्राभेट १२० चक्की फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको विषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्...
पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फालेलुङ गाउँपालिका–७ फर्तिमा टोलका ३५ बर्षीय राज कुमार तामाङ छन् । शुक्रबार साँझ ५ बजे तामाङ आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेका थिए । लडेर घाईते भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
एमाले धनकुटाको अधिवेशन: सर्वसम्मत नेतृत्व चुन्न जोडबल, को बन्ला अध्यक्ष ?

एमाले धनकुटाको अधिवेशन: सर्वसम्मत नेतृत्व चुन्न जोडबल, को बन्ला अध्यक्ष ?

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ७ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा अधिवेशन आयोजना गरिएको हो । नेकपा एमालेका नव निर्वाचित केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले दिप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरेका छन् । अधिवेशन उद्घाटन गर्दै केन्द्रिय सदस्य राईले अब धनकुटामा एमालेले पाँच दलिय गठबन्धनलाई बढारेर समाप्त पार्ने द...
error: Content is protected !!