दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार

दोलखाको चरिकोटमा केएमसीको दुई दिने स्वास्थ्य शिविर, १८ सय बिरामीको निःशुल्क उपचार

दोलखा । दोलखाको चरिकोटमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १८ सय भन्दा बढी बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकको सहकार्यमा दुई दिने शिविर संचालन गरिएको हो । चरिकोट स्वास्थ्य चौकी र वडा कार्यालयमा विहिबार र शुक्रबार संचालन भएको शिविरमा एक हजार ८ सय ७६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गर...
धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

धरानबाट प्रतिबन्धित औषधीसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१४ पिण्डेश्वरिचौकबाट प्रतिबन्धित औषधीसहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ बर्षीय पारुहाङ राई छन् । दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको टोलीले घरबाटै उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल –५८९० ट्याव्लेट र इस्पास्पेन– ५५९० ट्याव्लेट फेला परेको छ । पक्राउ...
सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिएका छन् । गृह मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुराको जानकारी दिएका हुन् । उनले गृह मन्त्रालय ...
संखुवासभाबाट वेवारिसे अवस्थामा अवैध औषधी र क्लिप बरामद

संखुवासभाबाट वेवारिसे अवस्थामा अवैध औषधी र क्लिप बरामद

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका–१ बसपार्कस्थित सडक किनारमा वेवारिसे अवस्थामा रहेको अवैध औषधी तथा क्लिप प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी गस्ति टोलीले करिव ३ लाख ६३ हजार २ सय ५० रुपैंया मूल्य बराबरको अवैध औषधी तथा क्लिप बरामद गरेको हो । अवैध रुपमा भन्सार छली ल्याएको रुद्राक्षको दाना च्याप्न प्रयोग गरिने क्लिप १२ बोरा, कृषि बालीमा प्रयोग हुने ...
इटहरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इटहरीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभाको खाँदवारी नगरपालिका–७ का २६ बर्षीय सन्तोष राई र २० बर्षीय अभि राई छन् । बिहिवार साँझ ७ बजे धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८१९६ नम्बरको बसले बिपरीत दिशा तर्फ जाँदै गरेको को.२७ प २१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चाल...
प्रदेश २ मा धान उत्पादन घट्यो

प्रदेश २ मा धान उत्पादन घट्यो

धनुषा । प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा...
कोशी कटान पीडितका दुःख, तीन पुस्ता बित्याे मुआब्जा पाएनन्

कोशी कटान पीडितका दुःख, तीन पुस्ता बित्याे मुआब्जा पाएनन्

राजविराज । तीन पुस्तासम्म पनि मुआब्जा नपाएका कोशी पीडितले भारत सरकारसँग भएको कोशी सम्झौता अनुसारको मुआब्जा र क्षतिपूर्तिका लागि पहल गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुले यस्तो माग गरेका हुन् । कोशी पीडितहरुको एक टोली काठमाडौं पुगि बिहीबार नै प्रधानमन्त्रीको कार्यालयमा समेत एक ९ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको पत्रकार सम्मेलनमा जानकारी...
दोलखाको चरिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

दोलखाको चरिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

दोलखा । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर दुई दिने शिविर संचालन गरेको हो । शिविरको पहिलो दिन बिहिबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२७ जनाको रक्त परीक्षण, २१७ जनाको भिडियो एक्सरे, र १९२ जनाको मुटुको जाँच (इसीजी) गरिएक...
चिसोले कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

चिसोले कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले बताए । यसअघि गत मङ्गलबार चिसोक...
पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथरमा आगलागी हुँदा तीन घर जलेका नष्ट

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलदा गएराति रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीय खगेन्द्र राईले जानकारी दिए । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ क...
तराईमा चिसो बढेपछि अस्पतालमा बिरामी बढे

तराईमा चिसो बढेपछि अस्पतालमा बिरामी बढे

रुपन्देही । तराईका जिल्लामा शितलहरसँगै चिसाे बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकी लगायतको समस्या हुने ...
आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, १२ घाइते

आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, १२ घाइते

झापा । झापाको मेचीनगर नगरपालिका–७ को एक घरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । मृत्यु हुँनेमा मेचीनगर–८ का ४५ बर्षीय शारद राजवंशी छन् । सिलिन्डर विस्फोट हुँदा उनी घाइते भएका थिए । उनलाई उपचारका लागि धुलाबारीस्थित एन्जल मेडिकलमा पुर्याउँने बित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती करिव ९ बजे मेचीनगर–७ पिपल चोकका केशव प...
देउवामाथि दबाब बढाउँदै कोइराला पक्ष

देउवामाथि दबाब बढाउँदै कोइराला पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट ...
ताप्लेजुङ्गमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ९ सय विरामीको उपचार

ताप्लेजुङ्गमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन ९ सय विरामीको उपचार

ताप्लेजुङ्ग । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिरिजङ्घा गाउँपालिकाको सहकार्यमा ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै दुई दिने स्वास्थ्...
धनकुटाको देउराली र डाँडाबजारले जित्यो उपाधि

धनकुटाको देउराली र डाँडाबजारले जित्यो उपाधि

धनकुटा । धनकुटामा सञ्चालित वाइ वाइ डाइनामाइट ‘ए’ डिभिजन लिगको उपाधि देउराली युवा क्लव र ‘बी’ डिभिजन नकआउट फुटबल प्रतियोगिताको उपाधि डाँडाबजार युवा क्लवले जितेको छ । तल्लो टुँडिखेलमा एकैसाथ भएका दुई वेग्ला–बेग्लै प्रतियोगिताको उपाधि धनकुटा नगरपालिका–७ स्थित देउराली र साँगुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजार युवा क्लवले जितेका हुन् । ‘बी’ डिभिजन नकआउट फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा सिंहदे...
महिलालाई बेहोस पारेर भारतमा बिक्री

महिलालाई बेहोस पारेर भारतमा बिक्री

काठमाडौं । पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ । उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पुर्याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाल...
पाँच दिनदेखि हराइरहेका कामत पोखरीमा मृत भेटिए

पाँच दिनदेखि हराइरहेका कामत पोखरीमा मृत भेटिए

विराटनगर। विराटनगर महानगरपालिका–११ मा रहेको एक माछा पोखरीमा युवा मृत भेटिएका छन् । स्थानीय २८ बर्षिय सुजन कामत पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । कामत पुस १५ गते घरबाट हराएका थिए । हराइरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार साँझ गाउँकै पोखरीमा मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
भोजपुरमा ट्याक्टर पल्टिँदा सह-चालकको मृत्यु

भोजपुरमा ट्याक्टर पल्टिँदा सह-चालकको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ हिमाङमा ट्याक्टर पल्टिँदा सह-चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हतुवागढी गाउँपालिका–१ का रंजित सार्की छन् । भोजपुरबाट घोडेटारतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ९४० नंम्बरको ट्याक्टर अनियन्त्रीत भई पल्टिएको थियो । ट्याक्टर पल्टिँदा घटनास्थलमै सह-चालक सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
धनकुटाको सहिदभूमिकी वडा सदस्य राईको निधन

धनकुटाको सहिदभूमिकी वडा सदस्य राईको निधन

सहिदभूमि । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.३ की वडा सदस्य धनमाया राई (घनमायाँ) को आज निधन भएको छ । बिहान करिब ७ बजे सहिदभूमि–३ गौरुङ्ग टोलस्थित घरमै ४१ बर्षको उमेरमा वडा सदस्य राईको निधन भएको हो । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले उनको निधन भएको पुष्टि गरेका छन् । श्रीमान पुस्त राईका अनुसार उनलाई करिब ६ महिना अघिदेखि मधुमेहको समस्याले सताएको थियो । समयमा दिसाव पिसाव नलाग्ने समस्या पनि ...
राष्ट्रिय सभा निर्वाचन: १९ पदमा ४३ उम्मेदवार

राष्ट्रिय सभा निर्वाचन: १९ पदमा ४३ उम्मेदवार

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ । १९ पद, ४३ उम्मेदवार २० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ द...
काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको चौकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । काभ्रेको पनौती नगरपालिका–५ चौकोट धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर न...
बेलबारीका सुरज एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

बेलबारीका सुरज एक हप्तादेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

विराटनगर । मोरङको बेलबारी नगरपालिका–४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक हप्तादेखि बेपत्ता भएका छन् । गत पुस १३ गते साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनि बस चढेको भएपनि हालसम्म उनी सम्पर्क बिहीन छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् । ‘दाजु सुरज भुजेल दुहबीस्थित डेरामा जान्छु भनि घरदेखि बस चढेर गएकोमा हालस...
सात लाख तिरेर हेलिकोप्टरमार्फत बिरामीको उद्धार

सात लाख तिरेर हेलिकोप्टरमार्फत बिरामीको उद्धार

हुम्ला । केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो । उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङबहा...
प्रेस चौतारी झापाको अध्यक्षमा गदाल

प्रेस चौतारी झापाको अध्यक्षमा गदाल

झापा । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन्। सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन भएका हुन् । तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताए । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवरा...
चिसो बढेपछि धनुषाका विद्यालयमा बिदा

चिसो बढेपछि धनुषाका विद्यालयमा बिदा

धनुषा । बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ न...
प्रेस चौतारी धनकुटाको ९ औं जिल्ला अधिवेशन पुस २९ गते हुँने

प्रेस चौतारी धनकुटाको ९ औं जिल्ला अधिवेशन पुस २९ गते हुँने

धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको ९ औं जिल्ला अधिवेशन यही पुस २९ गते हुँने भएको छ । चौतारी जिल्ला कार्य समितिको सोमबार बसेको बैठकले अधिवेशनको मिति तोकेको हो । अधिवेशनले चौतारीको नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ । बैठकले जिल्ला अधिवेशनको मिति तोकेर अधिवेशनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न चार वटा उप–समिति पनि निर्माण गरेको चौतारीका जिल्ला उपाध्यक्ष रबिन कटेलले जानकारी दिए । उनका अनुसार अधिवेशन...
यातायात सेवालाई प्रभावकारी बनाउँन मुख्यमन्त्रीको निर्देशन

यातायात सेवालाई प्रभावकारी बनाउँन मुख्यमन्त्रीको निर्देशन

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै ...
माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ निर्विरोध

माओवादी केन्द्रको अध्यक्षमा ‘प्रचण्ड’ निर्विरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा प्रचण्डलाई अगाडि सारेका थिए । माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द...
धनकुटामा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु

धनकुटामा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्याक्टरले किच्दा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा चौबिसे–८ देउरालीका २० बर्षीय सुजन सोदेन लिम्बु छन् । आइतबार राती करिव साढे ७ बजे काठको गोलिया लिन जाँदै गरेको को.१ त ४७११ नम्बरको ट्याक्टरबाट उनी लडेका थिए । ट्याक्टरबाट लडेका लिम्बुलाई चक्काले किच्दा उनी घाइते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उ...
उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा उर्लावारी–१ का २८ बर्षीय बिजय शर्मा छन् । शर्माले चलाएको प्रदेश १–०२–०४७ प १८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । दुर्घटनामा शर्मा गंभीर घाइते भएका थिए । स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु ...
इटहरीबाट ७२ किलो गाँजासहित धनकुटाका दुई युवा पक्राउ

इटहरीबाट ७२ किलो गाँजासहित धनकुटाका दुई युवा पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–२० बाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभुमी गाउँपालिका–१ का २४ बर्षीय बिक्रम राई र ३३ बर्षीय संजिव राई छन् । गएराती करिव साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोकस्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ६२१९ नम्वरको मोटरसाइकलमा सवार रहेका उनीहरुले झोला फालेका थ...
error: Content is protected !!