संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहिबार काठमाडौंको कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिला वालवालिका तथा उत्थान केन्द्रसँग सहकार्य गरेर केएमसीले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा ९ सय ६३ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार ८५ जनाको इसीजी, १९८ जनाको रक्त परीक्षण र १११ जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, दाँतमा समस्या भएर आएका २२ जनाको दाँत उखेलिएको छ भने ४३ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!