संगालोखबर सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बिजय चौकमा सोमबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र महिला बालबालिका उत्थान तथा वातावरण केन्द्रको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

Advertisement

बिजय चौकस्थित सेभेन स्टार पोईन्ट होटलमा भएको शिविरमा ८५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९८ जनाको भिडियो एक्सरे, १९७ जनाको रक्त परीक्षण, र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत निकालिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

आइतवार ललितपुरको टिकाथलीमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर ९२१ जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!