- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन रोक लगाएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले भीडभाड जन्य गतिविधिमा रोक लगाउँने निर्णय गरेको हो ।

बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाउँने निर्णय गरेको छ ।

Advertisement

अत्यावश्यक कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र कार्यक्रम गर्न दिइने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!