भोजपुर । नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

Advertisement

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई, उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती सर्वसम्मत चयन भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो । जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो । दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!