- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमाले धनकुटाको जारी ७ औं जिल्ला अधिवेशनमा अध्यक्षको दाबी गर्दै आएका नेता निरन राई अन्ततः पछि हटेका छन् । नेतृत्वले सर्वसम्मत अधिवेशन टुंङ्ग्याउन दवाब दिएपछि राई अध्यक्षको दाबीबाट पछि हटेका हुन् ।

Advertisement

राईलाई पार्टी नेतृत्वले सचिव पदमा बस्न दवाब दिइरहेको छ । तर, उनले आफू सचिवमा नबस्ने प्रतिकृया दिए । आफूले अन्तिम समयसम्म पनि अध्यक्षको दाबी नछोडेको भएपनि नेतृत्व र पदाधिकारीको भावना विपरित जान नसक्ने बताए । अध्यक्षको दाबी छोड्नु परेपछि आफू सचिव पदमा नभई सदस्य वा साधारण सदस्यको रुपमा मात्र बस्ने उनले बन्दसत्रमा घोषणा गरेको एक प्रतिनिधिले जानकारी दिए । पार्टीमा आफू कुन भूमिकामा रहने विषयमा नेतृत्वसँगको छलफलपछि मात्र निष्कर्ष निकाल्ने उनले बताए ।

यसैबीच मतदान नगरी सर्वसम्मतका नाममा दवाब दिइएको भन्दै राईका समर्थकले बन्दसत्रमा मतदान गर्नुपर्ने आवाज उठाएका छन् ।

अध्यक्ष पदमा राईसहित ईन्द्रमणी पराजुली, शिव आङ्ला र चिन्तन तामाङले दाबी गरेका थिए । तर, पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज राजेन्द्र राईले पार्टीको हितका लागि मतदान नगरी सर्वसम्मत नेतृत्व चयन गर्ने घोषणा गरेर दवाब बढाएपछि अध्यक्षका दावेदार आङ्ला र तामाङ पनि पछि हट्ने संभावना बढेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार पार्टीको केन्द्रिय नेतृत्वले पनि मतदान नगरी सर्वसम्मत नेतृत्व चयन गर्न भनेपछि मतदान नगरी नेतृत्व छान्न जोडबल गरिएको हो ।

बाँकी पदका विषयमा पनि सहमति जुटाउने प्रयास भइरहेको छ । अब मतदान नभई केही समयपछि सर्वसम्मत रुपमा नयाँ कार्य समिति घोषणा हुने स्रोतको दाबी छ ।

अपडेट :

एमाले धनकुटाको अध्यक्षमा ईन्द्रमणी पराजुली निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!