काठमाडौं । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो केही दिन यता पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबार बसेको बैठकले देशभरका आधारभूत र माध्यमिक विद्यालयलाई दिउँदे विदा दिएर विदा गर्न आग्रह गरेको छ ।
सीसीएमसीको बैठकले बालबालिकाहरुलाई विद्यालय नपठाउँन अभिभावकहरुलाई पनि आग्रह गरेको छ ।