- संगालोखबर सम्बाददाता

भक्तपुर । भक्तपुर नगरपालिका–४ सूर्यविनायकमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

Advertisement

मिनर्वा इङ्गलिस स्कूलमा भएको शिविरमा ९८१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १८२ जनाको रक्त परीक्षण, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत निकालिएको छ ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!