संगालोखबर सम्बाददाता

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो ।

Advertisement

शिविरमा ९२१ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९४ जनाको रक्त परीक्षण, १७७ जनाको भिडियो एक्सरे, र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३३ जनाको दाँत निकालिएको छ ।

७ नंम्बर वडा कार्यालय भवनमा भएको शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपचार सम्भव नभएका ६२ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!