- संगालोखबर सम्वाददाता

मोरङ। मोरङको बेलबारीमा बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३ सय भन्दा बढी विरामीको निःशुल्क उपचार पाएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र गुरुकुल पाठशालाको सहकार्यमा बेलबारी नगरपालिका–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा १ हजार ३ सय ५० जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिए । शिविरमा ११७ जनाको इसीजी, २१२ जनाको रक्त परीक्षण र १८९ जनाको भिडियो एक्सरे गरिएको छ । ४२ जनाको दाँत उखेलिएको छ ।

ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका विभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!