पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

पहिरोले घर बगाउँदा उदयपुरमा बालिकाको मृत्यु, आमा घाइते

उदयपुर । अविरल वर्षापछि झरेको पहिरोले घर बगाउँदा उदयपुरमा एक बालिकाको आज बिहान मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१५ तोरीबारीमा रहेको उनीहरुको घर पहिरोले बगाएको थियो । स्थानीयका तीनवटा घरमा पनि पहिरोले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी राजेन चापागाईंका अनुसार पहिरोमा परी स्थानीय ८ वर्षीया रुपकला मगरको मृत्यु भएको हो । उनकी ४० ...
विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

विराटनगर । धारिलो हतियार प्रहार गरी विराटनगरमा एकजना युवकको गएराति हत्या भएको छ । अज्ञात समूहको आक्रमणमा परी दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–२ मा भएको घटनामा मोरङको कटहरी गाउँपालिका–१ का २१ वर्षीय करण कामतको हत्या भएको प्रहरीले जनाएको छ । घटनामा कटहरीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । उनीहरुलाई घाइते अवस्थामा देखेर स्थानीय बासिन्दाले उपचारका लागि कोशी अ...
बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

बाढी र पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

धनकुटा । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साँगुरीगढी-६ फेदीमा पहिरो खसेपछि आज बिहान करिब ८ बजेबाट सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण फेदीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘फेदीमा पहिरो खसेको छ, यहाँ आसपासका खोलाहरूमा बाढी आएर लेदोसहितको ढुङ्...
मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

मोरङ र सुनसरीका केही क्षेत्रमा भारी वर्षा, सतर्कता अपाउन आग्रह

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानमा आज बिहानैदेखि भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । सूचना जारी गर्दै विभागले विभिन्न खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन भनेको हो । सुनसरीका चतरा, धरान, इटहरी तथा मोरङका केराबारी, लेटाङ, हरैँचा, भाउन्ने र आसपास क्षेत्रमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । ती क्षेत्रमा दिउँसोसम्म अझ बढी वर्षा हु...
नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

नयाँ समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन हुने

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच केन्द्रमा भएको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशमा पनि सरकार पुनर्गठन गरिने भएको छ । यसका लागि आन्तरिक तयारी भइरहेको जनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा असार २८ गते नयाँ समीकरणअनुसार अर्को सरकार बनेपछि त्यसका आधारमा कोशी प्रदेशमा सरकार पुनर्गठन हुने बताए । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्का...
मकै रुङ्न गएका दम्पतिमाथि बन्दुक प्रहार, महिला घाइते

मकै रुङ्न गएका दम्पतिमाथि बन्दुक प्रहार, महिला घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ मा भरुवा बन्दुकको छर्रा लागेर एकजना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार स्थानीय शेषराज खतिवडा र उनकी श्रीमती मेनुका खतिवडा दुम्सीबाट मकै जोगाउन आफ्नो बारीमा गएका बेला घटना भएको हो । प्रहरीका अनुसार मकैबारी रुङ्नका लागि बनाइएको अस्थायी टहरामा उनीहरु सुतिरहेको अवस्थामा एक्कासि भरुवा बन्दुक पड्किएको थियो । त्यस क्रममा मेनुकाको ढाडको दाहिनेतिर छर्राले ...
पहिरो पन्साएपछि भेडेटार–राजारानी सडक सञ्चालनमा

पहिरो पन्साएपछि भेडेटार–राजारानी सडक सञ्चालनमा

धनकुटा । पहिरो खसेर अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडकअन्तर्गत भेडेटार–राजारानी खण्ड सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिकाको कुइभीर र ओढारे भीरमा हिरो खस्दा सडक अवरुद्ध बनेको थियो । शनिबार राति खसेको पहिरोका कारण आइतबार दिनभरजसो सवारी सञ्चालन हुन सकेको थिएन । पहिरो पन्साएर सडक खुलाइएको जानकारी इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज जीवन कार्कीले दिएका छन् । आज बिहानदेखि उक्त सडक खण्डमा या...
निरन्तर घट्दै कोशीमा पानीको बहाव

निरन्तर घट्दै कोशीमा पानीको बहाव

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर घट्ने क्रममा छ । शनिबार साँझसम्म तीव्र रुपमा बढेको बहाव आइतबार बिहानदेखि घट्न थालेको हो । हाल कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये ४२ ढोका खोलिएका छन् । आज बिहान सप्तकोसीमा पानीको बहाव २ लाख ६१ हजार ७१० क्युसेकमा झरेको छ । यसअघि आइतबार ३ लाख ९३ हजार ७१५ क्युसेक पानीको बहाव थियो । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार पानीलाई निकास दिन कोशी ब्य...
बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

विराटनगर । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न स्थानमा गरी ७० जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भएयताका घटनाहरुमा ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाँचजना बेपत्ता भएका छन् । नेपाल प्रहरीको काठमाडौंस्थित मुख्यालयका अनुसार २४ घण्टायता मात्र बाढीपहिरोका कारण ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ल...
कोशीमा ३४.४ प्रतिशत धान रोपाइँ, देशभर ३८.६

कोशीमा ३४.४ प्रतिशत धान रोपाइँ, देशभर ३८.६

विराटनगर । देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । असार तेस्रो सातासम्म देशभरि ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म ९५...
कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

कोशी नदीमा दाउरा संकलन गरिरहेका बालक डुबेर बेपत्ता

सुनसरी । निरन्तर बर्षापछि जलसतह बढेको कोशी नदीमा डुबेर एकजना बालक बेपत्ता भएका छन् । बाढीसँगै बगेर आएका रुखका ठुठा संकलन गरिरहेका भारतीय बालक बगेर बेपत्ता भएका हुन् । बाढीमा बगेर आएका काठ, दाउरा संकलन गर्ने क्रममा कोशी ब्यारेजस्थित नदीमा उनी बगेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा भारतीय बालक १६ वर्षीय रुपेश सदा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोशी ब्यारेजमा हरेक वर्ष वर्षा याममा ...
काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

झापा । काँकडभिट्टाबाट यात्री लिएर बाग्लुङतर्फ गइरहेको बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्र१–०१–००१ ख ४३८० नम्बरको बस चितवनको खैरहनीमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प...
पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त

ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ नगरपालिकामा पहिरोले एउटा घर र गाडीमा क्षति गरेको छ । फुङ्लिङ नगरपालिका–६ बिहिवारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा पहिरोले क्षति पुर्याएको हो । पहिरोले शेर्पाको घरको भुइँतलामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । घरको पर्खाललगायत संरचनामा क्षति पुगेको हो ।...
रोजगारीको लोभ देखाएर विराटनगरमा युवतीहरुलाई ‘यौन धन्दा’ मा लगाउने पक्राउ

रोजगारीको लोभ देखाएर विराटनगरमा युवतीहरुलाई ‘यौन धन्दा’ मा लगाउने पक्राउ

विराटनगर । विराटनगरमा युवतीहरूलाई ‘यौन धन्दा’ मा लगाउने गरिएको पाइएको छ । रोजगारीमा लगाइदिने भन्दै युवतीहरुलाई ल्याएर त्यस्तो काममा लगाउने गरिएको पाइएको हो । विभिन्न जिल्लाका युवतीहरुलाई विराटनगर ल्याएर यौन धन्दामा लगाइएको खुलेको हो । निगरानी गर्ने क्रममा प्रहरीले विराटनगर–११ स्थित एउटा घरको फ्ल्याट भाडामा लिएर युवतीहरुलाई राखेको भेटेको थियो । त्यसरी राखिएकामा झापाका दुईजना, उदयपुर, स्याङजा, का...
भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

भारतको मेघालयमा मारिनेमध्ये एकजना इलामका

इलाम । भारतको मेघालय राज्यस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । मारिनेमा इलामका रवि राई रहेको पुष्टि भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माका अनुसार हत्या भएका नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । राजदूत शर्माले घटनाबारे सुन्नेबित्तिकै मेघालय प्रहरीका प्रमुख एलआर विश्नोईलाई आफूले टेलिफोन गर्दै घटनाको विस्तृत जानकारी मागेको बताएका छन् । यसैबी...
घट्न थाल्यो कोशी नदीमा पानीको बहाव

घट्न थाल्यो कोशी नदीमा पानीको बहाव

सुनसरी । केही दिनयता निरन्तर बढिरहेको सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ । आज साँझ गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ३३५ क्युसेक रहेको जनाइएको छ । नियन्त्रण कक्षका अनुसार दिउँसो ३ बजे बहाव ३ लाख ९३ हजार ७१५ क्युसेक पुगेको थियो । त्यसअघि १ बजे ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको थियो । ब्यारेजको क्षमता ९ लाक क्यूसेक भएपनि बालुवा थुप्रिएको कारण ४ लाख क्युसेक भन्दा बढी ...
कोशी प्रदेश लोक सेवा आयोग अध्यक्षमा गुरागाईंको सिफारिस

कोशी प्रदेश लोक सेवा आयोग अध्यक्षमा गुरागाईंको सिफारिस

विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोग अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले आयोग अधयक्षका लागि उनको सिफारिस गरेको हो । अध्यक्षमा गुरागाईंलाई नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । लामो समय निजा...
तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा हजार रुपैयाँले बढ्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार ४०० निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा २...
कोशी नदीमा जलसतह उच्च, ५६ वटै ढोका खोलेर पानीलाई निकास

कोशी नदीमा जलसतह उच्च, ५६ वटै ढोका खोलेर पानीलाई निकास

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । निरन्तर बढ्ने क्रममा खतराको तह पार गरेपछि केही बेरअघि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ । पछिल्लो तथ्यांकअनुसार कोशी ब्यारेज भएर ३ लाख ७० हजार क्युसेक पानी बगिरहेको छ । ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार पानीलाई निकास दिन ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको हो । बिहान ६ बजे पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो । ...
कोशीमा पानी बढ्दो: ब्यारेजका ४१ वटा ढोका खोलियो, सावधानी अपनाउन आग्रह

कोशीमा पानी बढ्दो: ब्यारेजका ४१ वटा ढोका खोलियो, सावधानी अपनाउन आग्रह

सुनसरी । पानी पर्ने क्रम निरन्तर रहँदा सप्तकोशी नदीमा जलसतह थप बढ्दै गएको छ । आज बिहान गरिएको मापन अनुसार कोशी ब्यारेज भएर तीन लाख १६ हजार ८०० क्युसेक पानीको बहाव देखिएको छ । कोशी ब्यारेजस्थित नियन्त्रण कक्षका अनुसार पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलेर निकास दिइएको छ । पानी पर्ने क्रम नरोकिएकाले नदीमा अझै जलस्तर बढ्ने सम्भावना रहेको जनाइएको छ । जलसस्तरले सतर्कता तह पार...
‘भारतको मेघालयमा चारजना नेपालीको हत्या’

‘भारतको मेघालयमा चारजना नेपालीको हत्या’

विराटनगर । पूर्वोत्तर भारतको मेघालयमा चारजना नेपालीको हत्या भएको छ । उनीहरूको वीभत्स रुपमा हत्या गरेको अवस्था प्रहरीले फेला पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मेघालयको इस्ट जयन्तिया हिल्सस्थित उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको जनाइएको छ । मारिएकाहरुमा धरान र भोजपुरका रहेको अपुष्ट खबर छ । उनीहरुको पहिचान खुल्न नसकेको भारतीय प्रहरी अधिकारी गिरी प्रसादले भारतीय सञ्चार माध्यमहरुला...
धरानको विद्युतीय सामग्री पसलमा आगलागी

धरानको विद्युतीय सामग्री पसलमा आगलागी

सुनसरी । सुनसरीको धरानमा आज राति विद्युतीय सामग्री मर्मत गर्न सञ्चालित पसलमा आगलागी भएको छ । धरान उपमहानगरपालिका– १२ स्थित विद्युतीय मेसिनरी मर्मत पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी पसलमा रहेका वातानुकूलित मेसिन, फ्रिज लगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगोले घरमा पनि निकै क्षति पुगेको छ । बिजुली सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । आगलागीबा...
झापाका राई बने ‘मिस्ट कोशी च्याम्पियन’, मोरङका मगर तेस्रो

झापाका राई बने ‘मिस्ट कोशी च्याम्पियन’, मोरङका मगर तेस्रो

झापा । प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा झापाका हर्कबहादुर राई पहिलो हुँदै ‘मिस्टर कोशी च्याम्पियन’ बनेका छन् । आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले च्याम्पियन बन्दै १ लाख ५० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फर्स्ट रनरअप झापाका अभिजीत राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाए । यस्तै, मोरङका टंकबहादुर मगर सेकेन्ड रनरअप बने । उनले नगद ५० हजा...
ओखलढुंगामा पहिरोले आमाछोरी पुरिए, उद्धारपछि अस्पताल लगियो

ओखलढुंगामा पहिरोले आमाछोरी पुरिए, उद्धारपछि अस्पताल लगियो

ओखलढुंगा । ओखलढुंगामा पहिरोले पुरिएका आमा छोरीलाई उद्धार गरिएको छ । पहिरोले दुईवटा टहरासहित उनीहरु पुरिएका थिए । भोजपुर घर भई सिद्धिचरण नगरपालिका–१२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र उनकी १३ वर्षीया छोरी लक्ष्मी टहरासँगै पहिरोले पुरिएका थिए । स्थानीय बासिन्दा र प्रहरी मिलेर उनीहरुको उद्धार गरेका थिए । प्रहरीका अनुसार दुवैलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएको छ । बालिकाको खुट्टाल...
सप्तकोशीमा पानीको बहाव उच्च, अवस्था ‘जोखिमपूर्ण’, ब्यारेजका ३० ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव उच्च, अवस्था ‘जोखिमपूर्ण’, ब्यारेजका ३० ढोका खोलियो

सुनसरी । अविरल वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सुनसरी र सप्तरीको सीमामा बनाइएको कोशी ब्यारेजमा पछिल्लो पटक केही बेरअघि गरिएको मापनमा पानीको बहाव २ लाख ५५ हजार क्युसेक छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खुला गरिएको छ । आवश्यकताअनुसार थप ढोका खोलेर पानीलाई निकास दिइने जनाइएको छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढ्ने क्रम जा...
रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

रैथाने खेल जोगाउन जुटे धनकुटाको कोप्चेका युवा

धनकुटा । परम्परागत रुपमा खेलिने रैथाने खेल लोप हुँदै गएपछि यसको संरक्षणमा धनकुटाको कोप्चेका बासिन्दा जुटेका छन् । रैथाने खेल हराउँदै जाँदा सामूहिक सद्भाव र मेलमिलापको भावनामा समेत ह्रास हुँदै गएको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । धनकुटा नगरपालिका–५, कोप्चेमा रहेको सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्था रैथाने खेल संरक्षणमा लागिपरेको हा् । अहिलेका बालबालिका तथा किशोरकिशोरी इन्टरने...
पाँचथरमा युवकको हत्याः आरोपितमध्ये ३ जना पक्राउ

पाँचथरमा युवकको हत्याः आरोपितमध्ये ३ जना पक्राउ

पाँचथर । सदरमुकाम फिदिम नगरपालिका–१४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार फिदिम–१२ का दिनेश मगर, १३ का विजय लिम्बू र १४ का सुशील राईलाई पक्राउ गरिएको हो । बिहीबार राति स्थानीय धनकुमार राईको घरमा राखिएको धामीझाँक्रीले गर्ने विधि ‘चिन्ता’ हेर्न पुगेका दिनेशसहित चारजनालाई कुटपिट गरिएको थियो । कुटपिट गर्ने समूहमा उनीह...
धनकुटाको राम बजारमा आगलागी

धनकुटाको राम बजारमा आगलागी

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित राम बजारमा गएराती आगलागी हुँदा तीन वटा घर जलेका छन् । राती करिब १ बजे स्थानीय मोहन भण्डारीको घरबाट सुरु भएको आगो छिमेकीको घरमा पनि फैलिएको हो । आगोले भण्डारीको घरसँगै छिमेकीहरू शेरबहादुर भुजेल र बद्री बर्देवाको घर पनि जलेर नष्ट भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘मध्यरातिबाट आगलागी सुरु भएको थियो, बिहान ८ बजे आगो पू...
झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापा । झापा जिल्लाको झापा गाउँपालिकामा एकजना युवकले श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–३ का ३४ वर्षीय सतिसकुमार गणेशले २५ वर्षीया श्रीमती अनिशाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो उनीहरुका दुईजना छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्य अवस्थामा खाटमा लडिरहेको देखेर छिमेकीलाई बोलाएका थिए । छिमेकीले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । अनिशा सतिसलाई छा...
कोशीमा कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइने

कोशीमा कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइने

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाई त्यसै अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिकामा आज आयोजित ‘किसानसँग कृषिमन्त्री’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जीवनको आधार नै कृषि भएकोले कृषिलाई आधुनिक र उन्नत प्रविधिमा रुपान्तरण गर्न सरकारले ध्यान दिने उनले बताए । यस क्षेत्रमा सञ्चालित अधिकांश...
कोशी प्रदेशमा ३८ हजारभन्दा बढीमा डेंगी सक्रमण, १८ को मृत्यु

कोशी प्रदेशमा ३८ हजारभन्दा बढीमा डेंगी सक्रमण, १८ को मृत्यु

धनकुटा । कोशी प्रदेशमा एक वर्षयता ३८ हजार ३८४ जनामा डेंगी संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको असार २१ सम्मको तथ्याङ्कअनुसार कोशीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमणको यस्तो अवस्था पाइएको हो । डेंगी संक्रमणबाट हालसम्म प्रदेशमा १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ । निर्देशनालयका अनुसार सुनसरीमा सबैभन्दा ...
error: Content is protected !!