संगालोखबर
विराटनगरमा आयोजित डेंगी संक्रमण रोकथामका लागि सचेतनामूलक कार्यक्रम ।

धनकुटा । कोशी प्रदेशमा एक वर्षयता ३८ हजार ३८४ जनामा डेंगी संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको असार २१ सम्मको तथ्याङ्कअनुसार कोशीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगीको संक्रमणको यस्तो अवस्था पाइएको हो । डेंगी संक्रमणबाट हालसम्म प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका १४ जिल्लामध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ । निर्देशनालयका अनुसार सुनसरीमा सबैभन्दा बढी डेंगु संक्रमण देखिएको छ भने सबैभन्दा कम ताप्लेजुङमा पाइएको छ । सुनसरीमा २० हजार ९९, मोरङमा ६ हजार ८०६, झापामा ४ हजार ९१८, संखुवासभामा १ हजार ७०८, उदयपुरमा १ हजार ३६३, पाँचथरमा ९६०, धनकुटामा ७४८ जनामा डेंगी संक्रमण देखिएको छ ।

Advertisement

यस्तै, इलाममा ६३५, भोजपुरमा ५९८, तेह्रथममा २४८, ओखलढुंगामा ११६, खोटाङमा ९२, सोलुखुम्बुमा ५२ र ताप्लेजुङमा ४१ जनामा संक्रमण देखिएको निर्देशनालयकी फोकल पर्सन सुरक्षा खत्रीले जानकारी दिइन् ।

डेंगी संक्रमणबाट हालसम्म कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ । तीमध्ये सुनसरीका १३ र झापाका ५ जना छन् । डेंगी संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको निर्देशनालयले जनाएको छ । संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!