संगालोखबर


विराटनगर । पूर्वोत्तर भारतको मेघालयमा चारजना नेपालीको हत्या भएको छ । उनीहरूको वीभत्स रुपमा हत्या गरेको अवस्था प्रहरीले फेला पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मेघालयको इस्ट जयन्तिया हिल्सस्थित उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको जनाइएको छ । मारिएकाहरुमा धरान र भोजपुरका रहेको अपुष्ट खबर छ ।

Advertisement

उनीहरुको पहिचान खुल्न नसकेको भारतीय प्रहरी अधिकारी गिरी प्रसादले भारतीय सञ्चार माध्यमहरुलाई बताएका छन् । मारिनेहरु मेघालयको कोइला खानीमा काम गर्न गएका नेपालीहरु भएको अनुमान गरिएको छ ।

गिरीका अनुसार उनीहरूको हात बाँधेर शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । चारैजनाको शवलाई पोस्टमार्टमका लागि सिभिल अस्पतालमा लगिएको भारतीय अनलाइन ‘नर्थइस्ट न्युज’ ले उल्लेख गरेको छ । कसले किन हत्या गर्यो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!