संगालोखबर

सुनसरी । सुनसरीको धरानमा आज राति विद्युतीय सामग्री मर्मत गर्न सञ्चालित पसलमा आगलागी भएको छ । धरान उपमहानगरपालिका– १२ स्थित विद्युतीय मेसिनरी मर्मत पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

Advertisement

आगलागीमा परी पसलमा रहेका वातानुकूलित मेसिन, फ्रिज लगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगोले घरमा पनि निकै क्षति पुगेको छ ।

बिजुली सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन । धरान उपमहानगरपालिकाका २ वटा दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!