संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् ।

ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर-६ को तेस्रो साधारणसभामा बोल्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन् ।

Advertisement

‘ज्येष्ठ नागरिक केवल उमेरले अग्रज मात्र होइनन्, उनीहरू हाम्रो समाजका जीवित इतिहास, संस्कारका संरक्षक र अनुभवका विद्यालय हुन् । कठिन संघर्ष र समर्पणले सिँञ्चित जीवनयात्राले हामीलाई कर्म, अनुशासन र धैर्यताको अमूल्य पाठ सिकाएको छ’, उनले भने ।

मेयर कोइरालाले समाजमा बढ्दो एकल परिवार र भौतिकतामूलक प्रवृत्तिले ज्येष्ठ नागरिकलाई एक्लोपन र उपेक्षामा पारिरहेको बताए । विराटनगर महानगरपालिका ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढिरहेको उनको भनाइ थियो ।

मेयर कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!