
विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर दुई हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार तीन सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













